Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको साढे एक लाख संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, ०९ : १८ मा प्रकाशित

नेशनल लाइफको साढे एक लाख संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

सो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्रीमूल्य प्रचलित नियमानुसार हुने मूल्यभन्दा कम नहुने कम्पनीले स्पष्ट पारेको छ । साथै उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको