आर्थिक वर्ष २०८२/ ८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरुले १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमा पोलिसी बिक्री गरी ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ६० करोड ६६ लाख रुवपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस