Like us!
Follow us!
Connect us!
Watch us!

बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

अर्थ संसार

आइतबार, १९ असोज २०८२, ११ : १० मा प्रकाशित

बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले वर्षाका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राखेर सरकारले सार्वजनिक बिदा दिइएको असोज १९ गते (आज) र २० गते (भोलि) काम गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले कार्य गर्ने व्यवस्था मिलाउन प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । देशभर वर्षाका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर सरकारले आज असोज १९ गते र भोलि असोज २० गते सार्वजनिक बिदा दिएको छ । ‘बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले बीमित तथा ग्राहकको गुनासा तथा समस्या सम्बोधन गर्नका लागि अतिआवश्यक अवस्थामा कार्यालयमा भौतिक उपस्थित भई वा अन्य अवस्थामा घरबाटै कार्य सम्पन्न गर्न सक्ने व्यवस्था मिलाउन सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको