अबिरल बर्षाका कारणले पुगेको क्षतिको यकीन तथ्यांक अहिलेसम्म आइसकेको छैन । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ भने अझै बर्षा नरोकिएकाले क्षति बढ्दै जाने आंकलन गरिएको छ । नदिमा पानीको बहाब बढेपछि त्यहाँ सञ्चालित जलविद्युत आयोजनामा कति क्षति पुग्यो भन्ने यकीन हुन सकेको छैन ।
केही दिन अघि मात्रै जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुमा करिब २३ अर्ब रुपैयाँको दाबी परिसकेको छ । यो दाबी अझै बढ्न सक्ने अनुमान गरिएको । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट भएको क्षतिको बीमा कम्पनीहरुले २३ अर्ब भुक्तानी गर्नु पर्ने अवस्थामा असोज १८ र १९ गतेको बर्षाले पुर्याएको क्षतिको पनि दाबी आउँदा बीमा कम्पनीहरुलाई थप समस्या हुने देखिएको छ ।
गत वर्षको असोजमा आएको बाढी पहिरोको बीमा दाबी भुक्तानी गर्दा जिर्नीवन बीमा कम्पनीको वित्तीय विवरण नै असर गरेको थियो । उक्त बाढी पहिरोको भुक्तानी गर्दा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफामा भारि गिरावट आएको थियो । अहिलेको बाढी पहिरो र जेनजी आन्दोलनको प्रभाव पनि कम्पनीहरुको वित्तीय विवरणमा पर्ने निश्चित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस