Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनबाट भएको क्षति : हिमालयन एभरेस्टले गर्‍यो करिब २२ करोड भुक्तानी

अर्थ संसार

सोमबार, २० असोज २०८२, १९ : १० मा प्रकाशित

जेनजी आन्दोलनबाट भएको क्षति : हिमालयन एभरेस्टले गर्‍यो करिब २२ करोड भुक्तानी

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको हो । 

बाँकी दाबीको भुक्तानी प्रक्रिया पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ । कम्पनीले भुक्तानी कार्य असोज २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सुरु हुने जनाएको छ । विषम परिस्थितिमा बीमित ग्राहकको सुविधा र राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ ।

यस्तै, बाँकी बीमितले क्षतिपूर्तिको दावी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरी नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको