Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनको क्षति : कुन शीर्षकमा कति पर्यो बीमा दाबी ?

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १२ : ३९ मा प्रकाशित

जेनजी आन्दोलनको क्षति : कुन शीर्षकमा कति पर्यो बीमा दाबी ?

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा कम्पनीहरुमा २३ अर्ब भन्दा बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार दशैँ अघि २ हजार ९८८ वाटा दाबीबाट कुल २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँको बीमा दाबी परेको हो । 

प्राधिकरणका अनुसार जेनजी आन्दोलनबाट सबै भन्दा बढी दाबी मोटर बीमाको परेको छ भने सबै भन्दा बढी रकमको बीमा दाबी सम्पत्ति बीमामा परेको छ । कुल बीमादाबी मध्ये मोटर बीमाको हिस्सा मात्रै ७३.९२ प्रतिशत रहेको छ । मोटरमा भएको क्षतिको २ हजार २०९ वटा दाबी परेका छन् । त्यस्तै रकमको आधारमा भने सबै भन्दा बढी बीमा सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमाको हिस्सा ८१.३६ प्रतिशत देखिएको छ । कुल २३ अर्ब ३९ करोड २७ लाख मध्ये यसमा १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ दाबी परेको छ । यो शीर्षकमा कुल ५९४ वटा बीमा दाबी परेको छ । मोटर बीमामा भने ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको दाबी परेको छ । 

त्यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा १४४ वटा बीमा दाबी परेको छ । उक्त दाबी बापत बीमा कम्पनीहरुले ३४ करोड ७२ लाख रुपैयाँ दाबी दिनु पर्ने देखिएको छ । त्यस्तै परिवहन बीमामा ११ वटा दाबीबाट १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमा शीर्षकमा ३० वटा दाबीको ३४ करोड ६६ लाख रुपैयाँको दाबी परेको छ । 

प्रदेशगत रुपमा बागमतीमा सबै भन्दा धेरै 

प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै दाबी बागमतीमा परेको देखिन्छ । बागमतीमा मात्र ५३.८१ प्रतिशत अथवा १ हजार ६ सय ८ वटा दाबी परेका छन् । बागमति प्रदेशमा उक्त दाबी बापत १८ अर्ब ४ करोड ३ लाख रुपैयाँको दाबी परेको छ । संख्याको आधारमा धेरै दाबी पर्ने प्रदेशमा कोशी रहेको छ । यो प्रदेशमा कुल ३७७ वटा दाबी परेका छन् । उक्त दाबी बापत २ अर्ब २ करोड ५० लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गर्नु पर्ने देखिएको छ ।  

त्यस्तै जेनजी आन्दोलनबाट मधेशमा भएको क्षतिको ३२३ वटा दाबी परेका छन् । जसबापत कम्पनीहरुले ६५ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यस्तै लुम्बिनीमा २५४ वटा दाबीको ५२ करोड ८२ लाख रुपैयाँ, गण्डकीमा २१९ दाबीको १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँ, सुदूरपश्चिममा १८२ दाबी बापत २५ करोड ८७ लाख रुपैयाँ र कर्णालीमा २५ वटा बीमा दाबी बापत ८ करोड ९८ लाख रुपैयाँको दाबी परेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको