Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं नेशनल मेडिकल कलेज र आइजिआई प्रुडेन्सियलबीच सम्झौता

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १७ : २७ मा प्रकाशित

काठमाडौं नेशनल मेडिकल कलेज र आइजिआई प्रुडेन्सियलबीच सम्झौता

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबीच नगद रहित स्वास्थ्य सेवा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता पश्चात आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमार्फत औषधोपचार बीमा सेवा लिएका ग्राहकहरूले आफ्ना बीमालेखमा उल्लेखित बीमा रकमको सीमाभित्र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरबाट नगदबिनै हस्पिटल भर्ना सेवा प्राप्त गर्न सक्नेछन्।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल एसबी हेल्थ केयरले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको