सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ ।
यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस अवधिभित्र बीमितले व्यतित बीमालेख नवीकरण गराएको खण्डमा उक्त छुट सुविधा प्रदान गरिने कम्पनीले बताएको छ ।
यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने, २०८३ असोज २२ गतेसम्म परिपक्व हुने बीमालेखहरूमा लागू हुने र छुट सुविधा मार्फत् नवीकरण गराएको बीमालेख १ वर्षभित्रै सरेण्डर भएमा छुट शुल्क काटिने कम्पनीले कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस