Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनको बीमा दावी घट्यो, २३ अर्ब बढीको दाबी पर्दा १ अर्ब माथिको दाबी भुक्तानी

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १३ : ४१ मा प्रकाशित

जेनजी आन्दोलनको बीमा दावी घट्यो, २३ अर्ब बढीको दाबी पर्दा १ अर्ब माथिको दाबी भुक्तानी

जेनजी आन्दोलनबाट भएको बीमा दाबीको रकम घटेको छ । बीमा प्राधिरकणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बीदा दाबीको रकम घटेको हो । 

प्राधिकरणका अनुसार भदौ २४ गते देशैभरि भएको आन्दोलनबाट भौतिक सम्पत्तिमा पुगेको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । उक्त दाबी केही अघि २३ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । दाबी नयाँ थपिए पनि दाबी रकम भने घटेको हो ।  आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा उक्त दाबी परेको हो । सुरुवाती चरणमा पुगेका बीमा दावीमा सर्भेयर पुगेर क्षति मूल्याङ्कनको क्रममा घटेर आउने क्रम सुरु भएको प्राधिकरणले जनाएको छ । सुरुमा बीमितको दावी र सर्भेयर पुगेपछि हुने क्षति मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ । बीमा कम्पनीहरुका अनुसार बीमा दावी रकममा घटेर आउन थालेको छ । पछिल्लो एक साताको बीचमा सर्भेयरहरु फिल्डमा पुगेर बीमा क्षति मूल्याङ्कन सुरुवात भएकोले दावी रकम घट्न थालेको हो ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबी परेको छ । बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी हालसम्म जेनजी आन्दोलनमा पुगेको क्षति बापत १ अर्ब २९ करोड १९ लाख भुक्तानी भइसकेको बीमा प्राधिकरणले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भइसकेको बीमा प्राधिकरणमा अद्यावधिक गरिएको तथ्याङ्कमा उल्लेख छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको