हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन् । यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस