जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा कम्पनीहरुले २ अर्ब भन्दा बढी भुक्तानी दिएका छन् । नपाल बीमा प्राधिकारणका अनुसार कम्पनीहरुले हालसम्म २ अर्ब १ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका हुन् ।
जेनजी आन्दोलनमा भएको क्षतिको १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार १६६ वटा बीमा दाबीको २३ अर्ब २० करोड ९१ लाख दाबी परेको छ । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस