हाल बजारमा साढे ७ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको तथ्यांकअनुसार बजारमा नगद परिचालन बढेको हो। तथ्यांक अनुसार समीक्षा वर्षको साउन महिनामा बजारमा ७ खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ नगद परिचालन रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असारमा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन थियो। यसअनुसार असारको तुलनामा मंसिरसम्म नगद परिचालन २.०२ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिसम्म सरकारी कोषको आकारमा उल्लेखनीय वृद्धि देखिएको छ। गत असारसम्म सरकारी कोषमा ७० अर्ब ८३ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा यो बढेर २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जुन २०१.३१ प्रतिशतले बढी हो।
त्यसैगरी, चालु आर्थिक वर्षको मंसिरसम्म नेपाल राष्ट्र बैंकको कुल रिजर्भ ८ खर्ब ४७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असारसम्म राष्ट्र बैंकको रिजर्भ ६ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा राष्ट्र बैंकको रिजर्भको आकार पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस