Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से पुनर्संरचना अध्ययन समितिको प्रतिवेदन सार्वजनिक,यस्ता छन् थापा समितिले दिएका सुझाव (पूर्णपाठ)

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १५ : १६ मा प्रकाशित

नेप्से पुनर्संरचना अध्ययन समितिको प्रतिवेदन सार्वजनिक,यस्ता छन् थापा समितिले दिएका सुझाव (पूर्णपाठ)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचनाका लागि गठन गरिएको अध्ययन समितिले तयार पारेको १२६ पृष्ठको सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। प्रकाशजंग थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन तयार पारेको हो। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस प्रतिवेदन स्वीकृत गरेको थियो।

नेप्से पुनर्संरचनाका लागि गठित थापा समितिले पुँजी वृद्धि, रणनीतिक साझेदारी, विनिवेश, सुशासन र प्रविधि सुधारसम्बन्धी महत्वपूर्ण सुझावहरू दिएको छ। हाल १ अर्ब चुक्ता पुँजी रहेको नेप्सेलाई दोस्रो बजार सञ्चालनका लागि आवश्यक ३ अर्ब पुर्‍याउन संचित मुनाफा र जगेडा कोषलाई बोनस सेयरमार्फत पुँजीमा रूपान्तरण गर्न सकिने सुझाव दिइएको छ। समितिले १०–१५ प्रतिशत स्वामित्वसहित १० वर्ष लक–इन अवधि राखेर रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव गरेको छ। साथै, सरकारी स्वामित्व आंशिक वा पूर्ण रूपमा विनिवेश गर्ने विकल्प प्रस्तुत गर्दै विभिन्न स्वामित्व संरचनाको खाका अघि सारेको छ।

सञ्चालक समितिमा स्वतन्त्र विशेषज्ञको संख्या बढाउने, सुशासनसम्बन्धी समिति गठन गर्ने र पारिश्रमिक तथा कार्यसम्पादन मापदण्ड तय गर्न सिफारिस गरिएको छ। प्रविधि सुधारअन्तर्गत अन्तर्राष्ट्रियस्तरको कारोबार प्रणाली, रियल–टाइम निगरानी, साइबर सुरक्षा र एपीआई इन्टिग्रेसन लागू गर्नुपर्ने उल्लेख छ। लगानी उपकरणमा विविधता ल्याउँदै SME प्लेटफर्म, कमोडिटी बजार, मार्जिन ट्रेडिङ, सर्ट सेलिङ र ओटीसी बजार अटोमेसनका लागि कानुनी व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ। साथै, दोस्रो बजार पूर्वाधार सुधार, एआई–आधारित निगरानी प्रणाली र अन्तर्राष्ट्रिय धितोपत्र आयोग संगठन (आईएससीओ) मापदण्डअनुसार संस्थागत संरचना सुदृढ गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

पूर्णपाठ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको