Like us!
Follow us!
Connect us!
Watch us!

'आत्मालोचना गरेका छौं, प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौं '

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, ११ : ४४ मा प्रकाशित

'आत्मालोचना गरेका छौं, प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौं '

नेकपा एमालेका अध्यक्ष केपी ओलीले उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता भएको बताएका छन् । हिजो झापा- ५ का उम्मेदवारबीच पब्लिक डिबेटमा सहभागी भएपछि ओलीले यस्तो बताएका हुन् ।

उनले आफूमाथि उठेको प्रश्नको जवाफ दिन तयार रहेको र दिँदै आएको बताए ।रास्वपाका उम्मेदवार बालेन साहलाई लक्षित गर्दै ओलीले भने । ‘

‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो । चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्याएर चुनाव अवधिभर झुक्क्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन । हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं। त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन् । कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौं ।’

उनले आफू सधैँ नागरिकहरूको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। झापा क्षेत्र नं. ५ को 'पब्लिक डिबेट' कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै  कांग्रेस उम्मेदवार मन्धरा चिमोरिया पौडेल र नेकपाका रञ्जित तामाङ लगायतको उपस्थिति थियो। उक्त बहस कार्यक्रममा बालेन भने सहभागी भएनन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको