Like us!
Follow us!
Connect us!
Watch us!

पुराना दलले इतिहास लेखे,भविष्य हामी बनाउँछौँ - रवि लामिछाने

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, १५ : १२ मा प्रकाशित

पुराना दलले इतिहास लेखे,भविष्य हामी बनाउँछौँ - रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले करिब दुईतिहाइ नजिकको जनसमर्थनले आफूहरूमा ठूलो आशा र अपेक्षा जन्माएको उल्लेख गर्दै त्यसलाई जोगाइराख्न सांसदहरूलाई सचेत गराएका छन्। उनले लोकतान्त्रिक प्रणाली, वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याउँदै शासन प्रणालीमा केही सुधार आवश्यक रहेको पनि संकेत गरे।

ललितपुरको ग्वार्कोमा आयोजित सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै उनले रास्वपा र यसको समर्थकलाई अराजक तथा असहिष्णु रूपमा प्रस्तुत गरिएको धारणा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले अन्य राजनीतिक दल वा विपक्षीमाथि अनावश्यक टिप्पणी नगर्न र पुराना दल तथा नेताहरूले गरेको योगदान, त्याग र समर्पणलाई सम्मान गर्न सांसदहरूलाई निर्देशन दिए।

रविले भने, ‘इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको हात हुँदैन । पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनुभएको छ । उहाँहरूका कैयौं व्यथितिहरू प्रति हाम्रो प्रश्न हो, तर उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने हक हामी कसैलाई पनि छैन । इतिहास तपाईंले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ ।हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरू प्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ । विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन । विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन । रास्वपालाई प्रायः अराजक छन्, समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ । अब त्यसबाट बाहिर निस्कनुपर्छ । सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु । यो रास्वपाले जितेको होइन, देशले जितेको हो । अति संवेदनशील समयमा, धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले मेहेनतका साथ अगाडि बढ्न अनुरोध गर्दछु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको