नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीभित्र एकता कायम गर्न सबै तहको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले मानसिक र भौतिक रूपमा एकीकृत हुन नसके पार्टी बलियो बन्न नसक्ने उल्लेख गर्दै अहिलेको चुनौतीपूर्ण परिस्थितिमा एकता झन् आवश्यक भएको जिकिर गरेका छन्।
महतले भिडियो सन्देश जारी गर्दै भनेका छन्,‘पार्टीको जिम्मेवारीमा रहनुभएका साथीहरूले विशिष्ठ चुनौतीपूर्ण अवस्थामा एकतामा जोडिने परिस्थिति निर्माणका लागि योगदान पुर्याउन सबै तहको भूमिका जरूरी छ। महतले भिडियो सन्देश जारी गर्दै भनेका छन् । त्यस किसिमबाट पनि हामी आ–आफ्नो तहबाट भूमिका निर्वाह गर्न लागौं । जबसम्म हामी मानसिक र भौतिक रूपमा एकीकृत हुन सक्दैनौं, यो पार्टी बलियो हुन सक्दैन। अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा झन् सम्भव हुँदैन ।’
महतले पार्टीपंक्तिमा रहेको निराशाको अवस्थालाई आशामा रूपान्तरिक गर्न आवश्यक रहेको पनि बताएका छन् । निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमतिको वातावरण निर्माणका लागि आफ्नो तहबाट हुने योगदान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस