सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा विभिन्न विभागहरूले राजस्व चुहावट रोक्न गरिरहेका प्रयासबारे सम्बन्धित निकायका प्रमुखहरूले जानकारी प्रस्तुत गरेका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन्।
उनीहरूले सीमा क्षेत्रमा कडा निगरानी बढाउन र बजार अनुगमनलाई थप प्रभावकारी बनाउन पनि जोड दिएका छन्। साथै, राजस्व लक्ष्य हासिल गर्न टास्क फोर्स गठन गरी स्पष्ट कार्ययोजना सहित परिणाममुखी रूपमा काम गर्न र आगामी बैठकमा प्रगति समीक्षा गर्ने निर्णय गरिएको छ।
अर्थमन्त्रालयका अनुसार बैठकका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाइनेछ। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखहरू तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस