Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ता मुद्रास्फीति घट्यो, कुन प्रदेशमा कति ?

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १७ : ३४ मा प्रकाशित

उपभोक्ता मुद्रास्फीति घट्यो, कुन प्रदेशमा कति ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ सालको फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३.७५ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.६३ प्रतिशत रहेको छ। गत वर्षको यही अवधिमा यी दर क्रमशः ३.३४ प्रतिशत र ३.९७ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थतर्फ तरकारी उप–समूहको मूल्य सबैभन्दा बढी ११.४९ प्रतिशतले बढेको छ। त्यसैगरी घ्यू–तेल ९.८६ प्रतिशत र फलफूल ९.६३ प्रतिशतले महँगिएका छन्।  दाल–गेडागुडी ३.६६ प्रतिशत, खाद्यजन्य पदार्थ २.१८ प्रतिशत र मरमसला २.०३ प्रतिशतले सस्तिएका छन्।  गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य २२.८१ प्रतिशतले उल्लेखनीय रूपमा बढेको छ। साथै, शिक्षामा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत, कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ३.५७ प्रतिशतले मूल्य वृद्धि भएको छ। भने बीमा तथा वित्तीय सेवातर्फ ०.०३ प्रतिशतले मूल्य घटेको देखिन्छ।

क्षेत्रगत रूपमा हेर्दा ग्रामीण क्षेत्रमा वार्षिक मुद्रास्फीति ३.०६ प्रतिशत र सहरी क्षेत्रमा ३.८२ प्रतिशत रहेको छ। प्रदेशअनुसार मधेशमा सबैभन्दा बढी ४.९५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कोशीमा ३.९६ प्रतिशत, लुम्बिनीमा ४.२१ प्रतिशत, बागमतीमा ३.३१ प्रतिशत, गण्डकीमा २.८७ प्रतिशत, कर्णालीमा २.२१ प्रतिशत र सुदूरपश्चिममा २.२५ प्रतिशत रहेको छ।

भौगोलिक आधारमा काठमाडौं उपत्यकामा ३.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसैगरी तराई क्षेत्रमा ४.११ प्रतिशत, पहाडमा ३.११ प्रतिशत र हिमाली क्षेत्रमा २.८३ प्रतिशत मुद्रास्फीति कायम रहेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ४.७२ प्रतिशतभन्दा कम हो। तरकारी, घ्यू–तेल र फलफूलको मूल्य बढे पनि दाल, खाद्यजन्य वस्तु र मरमसलाको मूल्य घट्दा मुद्रास्फीति नियन्त्रणमा रहेको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको