Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने, समितिमा अरु को–को बने उम्मेदवार ?

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १४ : ३७ मा प्रकाशित

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने, समितिमा अरु को–को बने उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिका उम्मेदवार तय गरेको छ। लेखा समिति भने नेपाली कांग्रेस लाई दिने निर्णय गरिएको छ।

रास्वपाले कानुन न्याय तथा मानवअधिकारको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थीको नाम टुंग्याएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा डा. ओजस्वी शेरचनलाई उम्मेदवार बनाउने भएको छ । संसदीय सुनुवाइको सभापतिमा वोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहवर अन्सारीको नाम सभापतिका लागि टुंगो लगाएको हो ।

सभापति पदका लागि आज मनोनयन दर्ता हुने कार्यक्रम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको