Like us!
Follow us!
Connect us!
Watch us!

५६ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १० : ४१ मा प्रकाशित

५६ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ५६ दिनका लागि १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।  यसमा सहभागी हुन चाहने 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूले वैशाख ४ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बोलकबोल गर्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने आवेदन दिँदा न्यूनतम १० करोड र अधिकतम कुल आह्वान रकमसम्म (५ करोडले भाग जाने गरी) प्रस्ताव गर्नुपर्नेछ। वैशाख ४ गते नै निष्काशन हुने यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी जेठ २९ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले संकलन गर्ने यो निक्षेप रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन भने तरलता अनुपातमा भने गणना गर्न मिल्ने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको