Like us!
Follow us!
Connect us!
Watch us!

२६ दिनमै गयो शक्तिशाली सरकारका २ मन्त्रीको पद

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १५ : ४६ मा प्रकाशित

२६ दिनमै गयो शक्तिशाली सरकारका २ मन्त्रीको पद

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार गठन भएको २६ दिन नपुग्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्। उनीहरूलाई कार्यशैली र पारदर्शितासम्बन्धी प्रश्न उठेपछि पदबाट हटाइएको बताइएको छ।

यसअघि श्रममन्त्री दीपककुमार साह पनि विवादमा परेका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्य बनाउने प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि, उनी १३ दिनमै पदबाट बाहिरिएका थिए। रास्वपाले उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो र सोही आधारमा उनी हटाइएका थिए। अहिले सरकार बनेको २६ दिनमै गृहमन्त्री सुधन गुरुङले पनि राजीनामा दिएका छन्। उनको सम्पत्तिसम्बन्धी विवरणमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका हुन्। केही दिनअघि सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको थियो। साथै, उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको लगानीसम्बन्धी विवरण पनि बाहिर आएको छ।

त्यसैगरी, उनले नेतृत्व गरेको संस्था ‘हामी नेपाल’ मार्फत आएको सहयोग रकम व्यक्तिगत खाताबाट कारोबार गरिएको भन्ने जस्ता विषयहरू सार्वजनिक भएपछि उनीमाथि थप दबाब बढेको थियो। अन्ततः ती विवादका कारण उनले पद त्याग गर्न बाध्य भएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको