Like us!
Follow us!
Connect us!
Watch us!

सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुन्छ - रवि लामिछाने

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १७ : ०१ मा प्रकाशित

सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुन्छ - रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी दिएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिनको स्वरूपबारे पनि छिट्टै जानकारी सार्वजनिक गरिने बताए।

लामिछानेले भने,‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं । उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको