Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १० : ४७ मा प्रकाशित

नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकहरू सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल यही जेठ २९ गतेसम्म मात्रै रहेको थियो ।

बैठकले आगामी साधारणसभा नभएसम्मका लागि हाल बहालमा रहेका सञ्चालकहरूलाई जेठ ३० गतेबाट लागू हुने गरी सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गर्ने र हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम चन्द्र सिंह साउदलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको