नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशीषलाल श्रेष्ठ रिहा भएका छन् । अध्यक्ष श्रेष्ठ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सोधपुछपछि रिहा भएका हुन् ।
शेखर गोल्छा पक्राउपछि अनुसन्धानका क्रममा सीआईबीले गत वैशाख १५ गते पक्राउ परेका श्रेष्ठ बुधबार हाजिरी जमानीमा रिहा गरिएको हो । कसूर प्रमाणित हुने अवस्था नदेखिएकोले प्रहरीले खोजेको बेला उपस्थित हुनेगरी श्रेष्ठलाई रिहा गरिएको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस