अहिले सेयर बजार लगातार रुपमा घटेर कारोबार भइरहेको छ । बजार निकै संकुचनको अवस्थामा रहेको छ । स्थिर सरकार आएपछि बजारले गति लिने अपेक्षाका बीचमा बजार निरन्तर रुपमा घटिरहेको हो ।
आम लगानीकर्ताहरुले अहिले पनि पर्ख र हेरको अवस्थामा नै रहेका छन् । बजार बढ्ने अपेक्षाका बीचमा बजार घट्नुको कारण केही मात्रामा देखिएको अन्यौलता रहेको युवा लगानीकर्ता सुशिल कुमार महत्तोको भनाइ छ । नयाँ सरकार आउने वित्तिकै जुन रुपमा धरपकड सुरु भयो त्यसले अस्थिरता हुने देखेर लगानीकर्ताहरुमा निराशा छाएको हुने उनी बताउँछन् ।
अर्को तर्फ सेयर बजार आगामी बजेट भन्दा अघि धेरै ठूलो वृद्धि हुने सम्भावना भने कम रहेको उनको भनाइ छ । बजार घट्नु र बढ्नु स्वभाविक भए कर बढ्ने डरले गर्दा पनि लगानीकर्ताहरु पर्ख र हेरेको अवस्थामा रहेको उनको भनाइ छ । अहिले आम रुपमा सेयर बिक्री गर्ने भन्दा पनि किन्ने समय रहेको उनको भनाय छ । भविष्यमा सेयर बजार माथिल्लो विन्दुमा पुग्ने सक्ने सम्भावना उच्च रहेकाले अहिले लगानी गरेमा भोलिका दिनमा नाफा कमाउन सकिने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस