Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपालको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०८ जेठ २०८३, ११ : ३८ मा प्रकाशित

बुद्धभूमि नेपालको हकप्रद सेयर बाँडफाँड

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूका लागि १ सेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ४० लाख कित्ता हकप्रद सेयर खुला गरेको थियो।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिने सम्बन्धित शेयरधनीहरूमा ३५ लाख २५ हजार ३०४ कित्ता हकप्रद शेयर जेठ ७ गते बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ। आफ्नो कायम हकभन्दा बढी आवेदन दिने सेयरधनीको रकम आजैदेखि फिर्ता गरिने कम्पनीले बताएको छ।

बाँडफाँडमा बाँकी बसेको ४ लाख ७४ हजार ६९६ कित्ता अवितरित हकप्रद शेयर कम्पनीले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याउनेछ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको