Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गरेन स्वाभिमान लघुवित्तकाे लाभांश स्वीकृत, सेयरधनीको हात खाली

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १० : २१ मा प्रकाशित

राष्ट्र बैंकले गरेन स्वाभिमान लघुवित्तकाे लाभांश स्वीकृत, सेयरधनीको हात खाली

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । लघुवित्तले अब सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

जेठ ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो ।

वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको लघुवित्तले बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको