Like us!
Follow us!
Connect us!
Watch us!

बजेट इतिहास: यस्तो थियो नेपालको पहिलो बजेट र तत्कालीन सरकारले कोरेको समृद्धिको खाका ! (पूर्णपाठ)

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, ११ : ३३ मा प्रकाशित

बजेट इतिहास: यस्तो थियो नेपालको पहिलो बजेट र तत्कालीन सरकारले कोरेको समृद्धिको खाका ! (पूर्णपाठ)

सरकारले आज आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् ।

नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक २००८ सालदेखि हुन थालेको हो ।  तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरले अर्थमन्त्रीका रुपमा बजेट प्रस्तुत गरेपनि यसको तयारकर्ता भने हिमालय शमसशेर जबरा थिए, जो तत्कालीन अर्थ सचिव थिए । उनी नेपालकै पहिलो अर्थ सचिव समेत थिए । उक्त बजेट केवल ३ हजार ४ सय ८९ शब्दको थियो भने पहिलो बजेटको आकार ५ करोड २५ लाख रुपैयाँको थियो । 

सुवर्णको बजेट

दाजुभाइ, दिदीबहिनी आज तपाईंहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निम्ति केही नवीन भए तापनि सारा जनताको निम्ति साह्रै नै चाखलाग्दो र मार्मिक छ ।

अरू मुलुकहरूमा वर्सेनि बजेट पेस गर्नु साधारण कुरा हो तापनि हाम्रो नेपालको निम्ति यो अपूर्व कुरा हो भन्ने अत्युक्ति होओइन । राणा शासनकालमा राज्य सञ्चालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी-खर्च विषय कसैलाई पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ ।

अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँप्रति जवाफदेही सरकार खडा भएकोले राष्ट्रको आम्दानी के कति हुन्छ ? केमा खर्च हुन्छ ? भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ । प्रजातान्त्रिक सरकारको पहिलो अर्थमन्त्रीको हैसियतबाट आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा म आफूलाई गौरवान्वित सम्झन्छु ।

पहिलो बजेटको पूर्णपाठः

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको