सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ।
कार्यालयले जारी गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल जेठ २० गते सञ्चालन हुनेछ भने चैत २१ गते निष्कासन गरिनेछ। इच्छुक लगानीकर्ताले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीका साथै नेपाली नागरिकहरूले पनि लगानी गर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस