एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू जेठ २० गतेदेखि असार १९ गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याजमा छुट दिइने भएको हो ।
वि.सं. २०७८ जेठ २० गतेभन्दा अघि (५ वर्षभन्दा बढी) व्यतित भएका बीमालेखमा २५ प्रतिशत, वि.सं. २०७८ जेठ २० देखि (५ वर्ष) व्यतित भएका बीमालेखमा ५० प्रतिशत र वि.सं. २०८१ जेठ २० गतेदेखि हालसम्म (२ वर्ष) व्यतित भएका बीमालेखमा १०० प्रतिशत छुट दिइने जनाएको छ ।
कम्पनीले २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट नपाइँने र एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट प्रदान नगरिने स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस