Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदले उचालियो अपिको भाउ, लगानीकर्ताले किन्नै पाएनन् शेयर

अर्थ संसार

मंगलबार, १३ फागुन २०७६, १५ : २४ मा प्रकाशित

हकप्रदले  उचालियो अपिको भाउ, लगानीकर्ताले किन्नै पाएनन् शेयर

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्कासनको स्वीकृती दिएसँगै अपिको शेयर किन्न लगानीकर्ताको होडबाजी चलेको छ।

मंगलबार कम्पनीको  २ लाख २३ हजार ८०३ कित्ता किनबेच हुँदा  ३ करोड , २३ लाख , ८३ हजार रुपैयाँको  कारोबार भएको छ ।  लगानीकर्ताले  अपिको शेयर किन्न खोजेता पनि बजारमा बेच्ने लगानीकर्ता नभेटिदा निरास हुन पुगेका छन्। अपिको राम्रो समाचार आएसंगै अपिका लगानीकर्ताले भने शेयर होल्ड गरेका हुन्  मंगलबार  अपि पावर कम्पनीको शेयर झण्डै १० अंकले बढेर प्रतिकित्ता १४८ रुपैयाँमा कारोबार भएको छ ।


अपि पावर कम्पनी लिमिटेडले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गरेको हो ।
कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो ।

विद्युत नियमन आयोगको सिफारिसमा कम्पनीलाई चरण/चरण गरि उक्त आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको हो । सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजि रु ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ ।

कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक बर्षको शुरुवातमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगती विवरण सहित पुन : दोस्रो पटक हकप्रद जारीको लागी बोर्ड समक्ष निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।

कम्पनीले हाल ८.५ मे.वा को नौगड गाढ आयोजना वि.स २०७२ साल भदौदेखि संचालन गरि विद्युत बिक्री गरिरहेको र ८ मे.वा को माथिल्लो नौगड गाढ आयोजना २०७६ साल कार्तिकबाट संचालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा अवस्थित छ । जहाँ कम्पनीले २ आयोजना निर्माण गरिसकेको हो ।

कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको कार्यलाई तिव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

कम्पनीले बिगत ३ बर्षदेखि नियमित लाभांश वितरण गरिरहेको छ । कम्पनीले हकप्रद निष्काशनको प्रकृयामा रहेकोले यस आ.व को साधारणसभा ढिला भएको र यहि आ.व २०७६ साल चैत्र महिना भित्र लाभांश सहितको साधारणसभा गरिने कम्पनी काकार्यकारी संचालक संजिव न्यौपानेले जनाए ।

धमला हाँसेको हाँसै, नेता रामनारायण विडारी र डा. सुरेन्द्र केसीको चर्काचर्की ।।

यो पनि पढ्नुहोस्

सेवोनबाट ८ वटा कम्पनीको शेयर निष्काशनको स्वीकृती 

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

गोकुलको भ्रष्टाचार रोसनीको कथा जस्तो हो,'पहिला महराले मलाई भ्यायो भनिन्, पछि त सर त सादु विरालो हुन भनिन्'- डा सुरेन्द्र केसी (भिडियोसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको