अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा P4 LED सूचना बोर्ड जडान गरेको छ । उक्त उपकरण एक कार्यव्रmमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठउपरिक्षक श्रीसहकुल ब. थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
महानगरीय प्रहरी अपराधमहा शाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्य सहित बैंकले उक्त उपकरण जडान गरेको हो ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले आगामी दिनहरुमा संगठनसँग समन्वयगरी अपराध नियन्त्रणसँग सम्बन्धीत विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस