Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको शाखा अब टोखामा

अर्थ संसार

आइतबार, ०२ चैत्र २०७६, १८ : ४९ मा प्रकाशित

सिभिल बैंकको शाखा अब टोखामा

अर्थ संसार, काठमाडौं– 'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको टोखामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको समुद्घाटन गर्नुभयो ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखानगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरीयो । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।

उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवातथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताउनुभयो ।

टोखा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुखअ तिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धिगर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने कुरा बताउनु भयो ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापनासंगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाकालागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्कभई ब्याज आर्जन गर्न आग्रह गर्नु भयो ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापतिअ ध्यक्ष ई. ईच्छा राजतामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिनाआर्थिक समृद्धि सम्भबन हुने बताउनु भयो ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंककाअध्यक्ष ई. ईच्छा राजतामाङ्ग, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, काठमाण्डौ उपत्यका बिकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका संचालक समितिका सदस्यहरु अम्बीर बोगटी, भिमानन्द ढुंगाना, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाशअ धिकारी, टोखा नगरपालिका का उप–प्रमुख ज्ञान माया डंगोल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रहरी नायब निरीक्षक सोभित अर्याल, महानगरिय ट्राफिक प्रहरी प्रभाग, टोखाका प्रहरी सहायक निरीक्षक योगेन्द्र सिंह खड्का, टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक राजजोशी, टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११२ वटा शाखाहरु तथा२ वटा एक्स्टेन्सनकाउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवाप्रदानगर्दै आएका बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको