Like us!
Follow us!
Connect us!
Watch us!

अध्यादेश आपत्तिजनक र गैह्र जिम्मेवार : नेपाली कांग्रेस

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०७७, ११ : १७ मा प्रकाशित

अध्यादेश आपत्तिजनक  र गैह्र जिम्मेवार : नेपाली कांग्रेस

अर्थ संसार, काठमाडौं - नेपाली कांग्रेसले  नेकपा सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि जारी गरेको  दुई अध्यादेशलाई आपत्तिजनक कदम र गैह्र जिम्मेवार प्रवृत्तिको संज्ञा दिएको छ।  

नेपाली कांग्रेसले विज्ञप्ति मार्फत अहिले कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै गम्भीर असहमति गरेको छ।  

अहिलेको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु पर्ने घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना रहेको र रास्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको काँग्रेसले बताएको छ।  

 

5e9e872ec9054.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको