Like us!
Follow us!
Connect us!
Watch us!

नेपालकाे कुन प्रदेशमा कति भाे परीक्षण ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १७ : ३४ मा प्रकाशित

नेपालकाे कुन प्रदेशमा कति भाे परीक्षण ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ८ सय ५९ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे थप एक जना संक्रमित भेटिएकाे जानकारी दिएका छन् । 

त्यसैगरी, हालसम्म नेपालमा कोरोनाको आशंकामा ७० हजार २३ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १५ हजार ४ सय ९२ जनाको पिसिआर विधिबाट र ५४ हजार ५ सय ३१ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

प्रदेश १ मा ६ हजार ८ सय ४९, प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६० जनाकाे, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जनाकाे, प्रदेश ५ मा ६ हजार ९९ जनाकाे, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ जनाकाे र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, डा. देवकोटाले हालसम्म १५ हजार ६ सय २४ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा ३ जना र बाहिर १३२ जना गरी कुल १३५ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३ सय ३६ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको