अर्थ संसार, काठमाडौं - पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले २ वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको कार्तिक ५ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको १२औं र १३औं वार्षिक सभा मनसर ७ गते आइतबार होटेल ल्यान्डमार्क, दरवारमार्ग काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ । शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको छ ।
सभामा १२औं र १३औं वार्षिक साधारण सभाका लागि संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यसैगरी लेखा परीक्षकको प्रतिवेदनसहितको आ.व २०७५/७६ आषाढ मसान्त र २०७६/७७ आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विविध विवरणमाथि छलफल गरी पारित गर्नुका साथै २०७६/७७ को लेखा परिक्षण गर्न नियुक्त लेखापरिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गरिनेछ ।
विशेष प्रस्ताव अन्तर्गत कन्चनजघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दुवै कम्पनीहरु एक आपसमा गाभ्ने/मर्जर गर्ने सम्बन्धमा संचालक समितिको बैठकले गरेको निर्णयहरु अनुमोदन गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस