अर्थ संसार, काठमाडौं– पहिलाका वर्षहरुमा जस्तै आगामि वर्षहरुमा अपि पावर कम्पनीले शेयरधनीको हातमा निरन्तर लाभांश दिने कम्पनीका वित्तिय प्रमुख शाश्वत चालिसेले बताएका छन् ।
अर्थ संसार डट कमसँग कुराकानी गर्दै चालिसेले भने -'अहिले निश्कासन भएको शेयरधनीले भोलीको दिनमा राम्रो प्रतिफल पाउनेछन्, हामीले पहिलो ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजनाकोे मुनफाबाट शेयरधनीलाई प्रत्येक वर्ष ५ वा ८ प्रतिशत लाभांश खुवाउँदै आएका छौं, अघिल्लो वर्षदेखि दोस्रो प्रोजेक्ट अपि पावरको ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजनामा पनि संचालमा आएको छ, त्यसको पनि मुनाफा जोडिदा अझ लाभांश दिन सकिने छ ।'
अहिले निश्कासन गरेको हकप्रद शेयरबाट उठेको पैसाले ४० मेगावाट क्षमताको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने चालिसेले बताए ।
तीनवटै आयोजनाको मुनफाबाट बम्पर लाभांश दिई शेयरधनीलाई मख्ख पार्ने सपना रहेको कम्पनीले जनाएको छ ।
अपि पावरकाे हकप्रदमा किन लगानी गर्ने ? कार्यकारी संचालक न्याैपानेसँगकाे कुराकानी (भिडियाेसहित)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस