Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्ने प्रस्तावसहित युनिलिभर नेपालले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, ०७ : १४ मा प्रकाशित

लाभांश पारित गर्ने प्रस्तावसहित युनिलिभर नेपालले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले २७औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको उक्त सभा मंसिर १६ गते कम्पनीको कर्पोरेट अफिसमा दिउँसो ३.४५ बजे भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ । 
सभाबाट आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिनुका साथै २०७८/७८ को लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

सभामा प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । 

त्यसैगरी कम्पनीले साधारणसभा प्रयोजनको लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ । त्यसैले कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको