Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी ४ वटा कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १४ : १३ मा प्रकाशित

बिहिबार यी ४ वटा कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं – भोलि (मङ्सिर ४ गते बिहिबार) ४ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड, माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडको वार्षिक साधरसभा बिहिबार हुन लागेको हो ।

के-के छन् एजेण्डा ?

१. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कार्तिक ३ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशौँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौँमा बिहान १०:३० बजेबाट सुरु हुनेछ । 

सभामा कम्पनीकाे भाद्र १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र सो मा  लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २० गतेबाट मंसिर ४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । त्यसैले, कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड :

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडकाे कार्तिक ६ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार जेडिए बिल्डिङ सुन्धारा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । 

सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । यसका साथै, कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमतिपत्र पनि पारित गरिनेछ ।

३. माछापुच्छ्रे क्यापिटल लिमिटेड :

माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पहिलाे वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, एमबिएल टावर, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ । 

सभामा ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । यसका साथै, कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टसँग भएको मर्जर सम्झौता अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीको गत जेठ १४ गते बसेको संचालक समितिको बैठकले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेडसँग मर्जर गर्ने सम्बन्धमा समझदारी गरेको थियो। उक्त समझदारीपत्रलाई सभाले अनुमोदन गर्ने र दुई क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सभाले छलफल गरी पारित गर्नेछ । 

४. ओरियन्टल होटल्स लिमिटेड :

ओरियन्टल होटल्स लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २३औं वार्षिक साधारण सभा मंसिर ४ गते बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरिनुका साथै निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

कम्पनीले साधारण सभा प्रयाेजनका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म कम्पनीकाे शेयर दाखिला खारेज बन्द गरेकाे छ । तसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको