Like us!
Follow us!
Connect us!
Watch us!

आज यी २ कम्पनीको साधारणसभा हुँदै, के के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ४४ मा प्रकाशित

आज यी २ कम्पनीको साधारणसभा हुँदै, के के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - आज (मंसिर र५ गते शुक्रबार) २ वटा कम्पनीको साधारणसभा हुँदैछ । बिओके क्यापिटल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे वार्षिक सभा आज हुन लागेको हो ।

बिओके क्यापिटल लिमिटेड
बिओके क्यापिटल लिमिटेडकाे पाँचाै वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे कार्तिक ५ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे १ बजेदेखि विद्युतीय माध्यमबाट सुरू हुनेछ ।

सभामा चुक्ता पुँजीको ४.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै  कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १४औं वार्षिक साधारण सभा आज कम्पनीकाे  रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजेबाट वेबिनार मार्फत सञ्चालन हुँदैछ ।

सभाले कम्पनीको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कात्तिक २५ गते, मंगलबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, कार्तिक २४ गते साेमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको