Like us!
Follow us!
Connect us!
Watch us!

मंसिरमा एजिएम गर्न हतार, ११ वटा कम्पनीको हुँदै एजिएम, कुनको लाभांश कति ?

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १३ : ०० मा प्रकाशित

मंसिरमा एजिएम गर्न हतार, ११ वटा कम्पनीको हुँदै एजिएम, कुनको लाभांश कति ?

अर्थ संसार, काठमाडौं -मंसिर महिनामा विभिन्न संस्थाहरु धमाधम साधारणसभा आह्वान गर्न थालेका छन् । मंसिर महिनामा मात्रै ११ वटा कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेका छन् ।

बैंक अफ काठमान्डू लिमिटेड
बैंक अफ काठमान्डू लिमिटेडले २६औं वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त मङ्सिर १५ गते सभा कम्पनीको प्रधान कार्यालय, थापाथली, काठमाडौंमा ११ बजे सुरु हुनेछ । बैंकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक २८ गतेदेखि मङ्सिर १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र साधरणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

युनिलिभर नेपाल लिमिटेड
युनिलिभर नेपाल लिमिटेडको २७औं वार्षिक सभा आह्वान गरेको छ । उक्त सभा मङ्सिर १६ गते कम्पनीको कर्पोरेट कार्यालयमा दिउँसो ३:४५ बजे सुरु हुनेछ । 
सभाबाट आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिनुका साथै २०७८/७८ को लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 
सभामा प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । 
त्यसैगरी कम्पनीले साधारणसभा प्रयोजनको लागि कात्तिक २७ गते बुक क्लोज गरेको छ । त्यसैले कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्  ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले मंसिर १८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा अम्रपाली ब्याक्वेटमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले गत आवबाट प्रस्ताव भएको ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गर्ने मिति तोकेको छ । त्यसैले मङ्सिर ४ गतेसम्म नेप्सेमा कायम भइ कारोबार भएका शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

मल्टीपपर्स फिनांस कम्पनी
मल्टीपपर्स फिनांस कम्पनीले साधारणसभा २२ औं वार्षिक आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मङ्सिर १९ संस्थाको केन्द्रीय कार्यालय, राजविराज, सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखा लेखापरिक्षकको नियुक्ति गरिनुका साथै विविध विषयमा छलफल गरिनेछ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मङ्सिर २० गते बैंकको प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गरिनुका साथै विविध विषम छलफल हुनेछ । 

एनआइसी एसिया बैंक लिमिटेड 
मंसिर २१ गते  एनआइसी एसिया बैंकले तेइसौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने जनाएको छ ।
सभामा बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसले मङ्सिर ९ गतेसम्म नेप्सेमा कायम भइ कायम शेयरधनीहरुले मात्र साधारसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था 
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा मंसिर २२ गते गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गरिनेछ  ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ८ गतेदेखि बुक क्लोज गर्ने बताएको छ ।यस आधारमा मंसिर ७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

अरुण काबेली पावर लिमिटेड
अरुण काबेली पावर लिमिटेडले १०औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  
कम्पनीकाे हिजाे (कार्तिक २७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार उक्त सभा मंसिर २२ गते साेमबार, कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
त्यसैगरी, सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश गरी कुल ६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १२ गतेदेखि मंसिर २१ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा मङ्सिर २६ गते शुक्रबार, कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन पारित गरिनुका साथै लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३०, २०७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिनेछ ।
त्यसैगरी २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
सभामा शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर स्वीकृत गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते सोमबार बुक क्लोज गर्दैछ ।  त्यसैले मङ्सिर १४ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले बीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल,  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०।८५ प्रतिशतका दरले बोनस शेयर र ३।१५ प्रतिशतका दरले नगद लाभांश ९कर समेत० वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे कार्तिक २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा मंसिर २९ गते साेमबार, कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौँमा दिउँसाे ३ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/ ७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 
सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको