Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीकाे साधारणसभा कहिले ? सेयरधनीले लाभांश कहिले पाउने ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, ०८ : ५० मा प्रकाशित

यी कम्पनीकाे साधारणसभा कहिले ? सेयरधनीले लाभांश कहिले पाउने ?

अर्थ संसार, काठमाडौं- आर्थिक वर्ष सकिएकाे ६ महिना पुरा हुन करिव १ महिना बाँकी छ । कम्पनी ऐनले आर्थिक वर्ष सकिएकाे ६ महिनाभित्र साधारणसभा गर्नु पर्ने व्यवस्था गरेकाले धेरै पब्लिक कम्पनीलाई साधारणसभा गर्नैपर्ने चटाराे छ ।

यस वर्ष काेराेना भाइरसकाे जाेखिमका कारण मानिसहरूकाे भाैतिक उपस्थितिमा साधारणसभा गर्न असम्भव जस्तै छ । सरकारले २५ जनाभन्दा बढी मानिसकाे उपस्थितिमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएकाे छ । कम्पनीले धमाधम गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेका छन् । त्यसरी घाेषणा भएकाे लाभांश साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिन्छ । त्यसैले कम्पनीका सेयरधनीका लागि साधारणसभा निकै महत्वपूर्ण हुन्छ । त्यस्तै संचालककाे निर्वाचन पनि साधारसभाबाटै हुने भएकाले पनि सेयरधनीका लागि साधारणसभा निकै महत्वपूर्ण हाे ।

त्यसबाहेक वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत, कम्पनीको पुँजी वृद्धि गर्ने, मर्ज वा एक्वीजिसनको अन्तिम निर्णय पनि साधारणसभाबाटै गर्नु पर्छ ।

के छ व्यवस्था कम्पनी ऐनमा ?

अहिले ग्लाेबल आइएमइ बैंक, एनआइसी एशिया, हिमालयन, बैंक अफ काठमाडाैं, सिद्धार्थ, कुमारी, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एभरेष्ट, प्रभु, नेपाल एसविआइ, नेपाल बंगलादेश र सनराइज बैंकले लाभांश घाेषणा गरिसकेका छन् । यस्तै नबिल बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), लक्ष्मी बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंकले लाभांश घाेषणा गर्न बाँकी छ । एनआइसी एशियाले त साभारण सभा समेत गरिसकेकाे छ ।

लाभांश घाेषणा गरेका र नगरेकाले पनि पुस मसान्तभित्र साधारणसभा बाेलाएर लाभांश पारित गर्नै पर्ने बाद्यता छ । कम्पनीहरुको साधारण सभा दुइ प्रकारका हुन्छन् । एउटा वार्षिक र अर्काे विशेष साधारण सभा । पव्लिक कम्पनीको वार्षिक साधारण सभा गर्नका लागि कम्तीमा २१ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खुलाई शेयरवालाहरुलाई सूचना दिनु पर्दछ । सो कुराको सूचना राष्ट्रिय स्तरको पत्र-पत्रिकाहरुमा कम्तीमा दुइ पटक प्रकाशित गर्नुपर्दछ । तर स्थगित भएको कुनै साधारण सभा बोलाउँदा त्यस्तो सभामा नयाँ विषयमा छलफल नहुने भएमा कम्तीमा सात दिन अघि सो सभाको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गरेमा रीतपुर्वक सूचना दिएको मानिनेछ ।

पब्लिक कम्पनीले कारोबार शुरु गर्ने इजाजत पाएको एक वर्षभित्र प्रथम वाषिर्क साधारण सभा गर्नुपर्दछ । त्यसपछि प्रत्येक आर्थिक वर्षपूरा भएको ६ महिना भित्र वाषिर्क साधारण सभा गर्नुपर्दछ । उक्त म्याद भित्र वाषिर्क साधारण सभा हुन नसकेमा मुनासिव कारण खुलाई म्याद थपको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्दछ । यसरी निवेदन परेमा कम्पनी रजिष्ट्रारको कार्यालयले वढीमा ३ महिनासम्मको म्याद थप गरिदिनसक्दछ । कम्पनी रजिष्ट्रारकाे कार्यालयले अन्यत्र साधारण सभा गर्न पूर्वस्वीकृति दिएको अवस्थामा बाहेक पब्लिक कम्पनीको साधारण सभा त्यस्तो कम्पनीको रजिष्टर्ड कार्यालय रहेको जिल्ला वा रजिष्टर्ड कार्यालयको जिल्लासँग जोडिएको अधिकांश शेयरधनीलाई पायक पर्ने ठाउँमा गर्नु पर्नेछ ।

विशेष साधारण सभा : आवश्यक देखिएमा कम्पनीको सञ्चालक समितिले विशेष साधारण सभा बोलाउन सक्नेछ । कम्पनीको हिसाब किताबको जाँचबुझ गर्दा कुनै कारणले विशेष साधारण सभा बोलाउन आवश्यक देखिएमा लेखापरीक्षकले त्यस्तो सभा बोलाउनको निमित्त सञ्चालक समितिलाई अनुरोध गर्न सक्नेछ र सो बमोजिम सञ्चालक समितिले त्यस्तो सभा नबोलाएमा लेखापरीक्षकले सो कुरा खुलाई कार्यालयमा निवेदन दिन सक्नेछ र सो बमोजिम निवेदन परेमा कार्यालयले कम्पनीको विशेष साधारण सभा बोलाई दिन सक्नेछ ।

कम्पनीको चुक्ता पूँजीको कम्तीमा दश प्रतिशत शेयर लिने शेयरधनीहरू वा शेयरधनीहरूको जम्मा संख्याको कम्तीमा पच्चीस प्रतिशत शेयरधनीहरूले कारण खुलाई विशेष साधारण सभा बोलाउन कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिई माग गरेमा सञ्चालक समितिले कम्पनीको विशेष साधारण सभा बोलाउनु पर्नेछ । उपरोक्त बमोजिमको निवेदन परेको मितिले तीस दिनभित्र सञ्चालक समितिले विशेष साधारण सभा नबोलाएमा सम्बन्धित शेयरधनीहरूले सो कुरा खुलाई कार्यालयमा उजुरी गर्न सक्नेछन् र त्यस्तो उजुरी परेमा कार्यालयले त्यस्तो सभा बोलाई दिन सक्नेछ । निरीक्षण जाँचको फलस्वरुप वा कुनै कारणले विशेष साधारण सभा बोलाउन आवश्यक देखिएमा कार्यालयले त्यस्तो सभा स्वयं बोलाउन वा सञ्चालक समितिद्वारा बोलाउन लगाउन सक्नेछ ।

कम्पनीकाे साधारणसभाले के-के विशेष प्रस्ताव पारित गर्छन् ?

कम्पनीको अधिकृत पूँजी बढाउने विषय, कम्पनीको शेयर पूँजी घटाउने वा हेरफेर गर्ने विषय, कम्पनीको नाम वा मुख्य उद्देश्य परिवर्तन गर्ने विषय, एउटा कम्पनी अर्को कम्पनीमा गाभिने विषय, बोनस शेयर जारी गर्ने विषय, कम्पनीले आफ्नो शेयर आफैले खरीद गर्ने बिषय, डिस्काउण्टमा शेयर बिक्री गर्ने बिषय, प्राइभेट कम्पनी पब्लिक कम्पनीमा वा पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुने विषय, यस ऐन, वा नियमावलीमा कम्पनीले विषेश प्रस्ताव पारित गर्नु पर्ने भनिएको अन्य विषय ।

सभाको वैधानिकता र गणपूरक संख्या कसरी ?

प्रत्येक साधारण सभा शुरु हुनुभन्दा अगावै सभामा उपस्थित शेयरधनीहरूले सो सभा यस ऐन र नियमावली बमोजिम बोलाईएको हो वा होइन भन्ने कुरा यकिन गर्नेछन् र त्यस सम्बन्धमा कुनै अन्य कानूनको पालना नगरिएको भए पनि सबै शेयरधनीहरूलाई कम्पनी ऐ बमोजिम सूचना पठाइएको भएमा र गणपूरक संख्या पुगेको सभाले सभा गर्न मन्जुर गरेमा सो साधारण सभा रीतपूर्वक बोलाईएको मानिनेछ । कम्पनीको नियमावलीमा गणपूरक संख्याको लागि बढी संख्या तोकिएकोमा बाहेक पब्लिक कम्पनीको बाँडफाँड भएको कूल शेयर संख्याको पचास प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कूल शेयरधनीहरू मध्ये कम्तीमा तीन जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधि मार्फत उपस्थित नभई सभाको काम कारवाही हुने छैन ।

साधारण सभाको छलफल र निर्णय साधारण सभाको अध्यक्षता सञ्चालक समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सञ्चालकहरुले आफू मध्येबाट मनोनीत गरेको व्यक्तिले गर्नेछ । साधारण सभामा छलफल गरिने सबै विषयहरू प्रस्तावको रुपमा पेश गर्नु पर्नेछ । प्रस्ताव पारित भए वा नभएको कुरा सो सभाको अध्यक्षले घोषणा गर्नु पर्नेछ । तर विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने छ । प्रत्येक कम्पनीले साधारण सभामा भएको काम कारबाहीको विवरण (माईन्यूट) एउटा छुट्टै किताबमा राख्नु पर्नेछ र सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र कम्पनी सचिव भए कंम्पनी सचिवले दस्तखत गर्नु पर्नेछ । कम्पनी सचिव नभएको कम्पनीको हकमा सो विवरणमा सम्बन्धित सभाको अध्यक्ष र साधारणसभाद्वारा बहुमतबाट नियुक्त शेयरधनीहरुको एकजना प्रतिनिधिले दस्तखत गर्नु पर्नेछ ।

काेभिड १९ काे कारण माछापुच्छ्रे बैंकले डाकेको साधारणसभा स्थगित गरेकाे थियाे । त्यस्तै अपि पावरले पनि काेभिडकै कारण अघिल्लाे वर्षकाे साधारण सभा स्थगित गरेकाे थियाे । अपिले अघिल्लाे वर्षकाे र याे वर्षकाे समेत गरी दुइ वर्षकाे साधारणसभा एकै पटक सम्पन्न गरेर सर्वसाधारणालाई लाभांश समेत वितरण गरिसकेकाे छ । त्यस्तै रिडी हाइड्राेपावरले पनि शुक्रबार मात्रै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेकाे छ । सानिमा बैंकले कात्तिक २८ गतेका लागि साधारणसभा बोलाएको छ। कम्पनीले यस पटकको वार्षिक साधारणसभा फिजिकल र भर्चुअल मिक्स गरेर सञ्चालन गर्ने तयारी गरेकाे बताएकाे छ । साधारणसभामा प्रत्यक्ष रुपमा २५ जनाभन्दा बढी सहभागी हुन पाउने छैनन्। त्यसैले २५ जनालाई फिजिकल रूपमा सहभागी गराएर अरूलाई अनलाईनबाट जाेडेर साधारणसभा गर्न सानिमा बैंककाे याेजना छ ।

त्ययसैगरी, प्रविधिकाे प्रयाेग गरेर साधारणसभा गर्न सकिने भएकाले धेरै कम्पनीलाई राम्राे अवसर पनि भएकाे छ । भर्च्युअल माध्यमबाट गर्दा कम्पनीकाे साधारणसभामा हुने अनावश्यक खर्च जाेगिने अबस्था छ । तर बहाना बनाउने हरूलाई भने काेराेनाकाे संक्रमण कम्पनीकाे साधारणसभामा ढिलासुस्ती गर्न राम्राे बहाना भएकाे छ । यसले गर्दा शेयरधनीले भने समयमा लाभांश पाउने छैनन् ।

लगानीको सुनौलो अवसर !! Prabhu Life Insurance को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

प्राइभेट सेक्टरले लगानी गरिसकेपछि मैले कमाउन सकिन भने ठाउँ छैन | Guru Neupane | Arthasansar Talk

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको