Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको आइपिओ बाँडफाँडको साइत जुर्यो !

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, ०५ : ५४ मा प्रकाशित

प्रभु लाइफको आइपिओ बाँडफाँडको साइत जुर्यो !

अर्थ संसार, काठमाडौं– आवेदनमा  रेकर्ड बनाउन सफल प्रभु लाइफको आइपिओ बाँडफाँडको मिति तय भएको छ । शुक्रबार बाँडफाँड गर्ने मिति तय भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले arthasansar.com लाई जनाएको छ । आइपिओको प्रि-अलटमेन्ट बुधबार भएको छ । प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

क्यापिटलको अनुसार शुक्रबार बाँडफाँड गर्ने मिति तय भएको छ, समय चाहि अहिले नै टुङगो भएको छैन् । समय  बिहीबार मात्र तोकिनेछ ।    

आइपिओमा   १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन  परेको छ ।  यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ । 

कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk

सेयरबजार कतिसम्म बढ्ला ? पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलसँग कुराकानी। Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको