Like us!
Follow us!
Connect us!
Watch us!

सेयर समीक्षा : राजनीतिक अस्थिरताका बिच उचालियो बजार

अर्थ संसार

शनिबार, १८ पुस २०७७, १५ : ५५ मा प्रकाशित

सेयर समीक्षा : राजनीतिक अस्थिरताका बिच उचालियो बजार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीले पुस ५ गते संसद बिघटन गरेपछि नेपाली राजनीतिक माहौल उथलपुथल बन्न पुग्यो ।

जसको प्रभाव सेयर बजारमा पनि देखियो । संसद बिघटनको प्रस्ताब राष्ट्रपती कार्यलयमा गएको समाचार बाहिरिएसँगै सेयर बजारमा पहिरो गयो । त्यस दिन अहिलेसम्मकै दोस्रो सर्वाधिक अंकले नेप्से घट्यो । राजनीतिक घटनाक्रमले एकैदिन ९६ अंकले घटेर नेप्से १ हजार ९३५ को बिन्दुमा पुगेको थियो ।

आइतबारको राजनितीक घटनाक्रमले थलिएको बजार केहि समय उठ्न नसक्ने अनुमान धेरै लगानीकर्ताहरुको थियो । सेयरबजारमा देखिएको उमंग एकाएक हराएकाले पनि सबै लगानीकर्ताहरु निराश हुन पुगे ।

आइतबारको कारोबारबाट थलिएको बजार सोमबार एकाएक पुनः जुरमुरायो । बजारमा देखिएको उमंग फर्किएको अनुमान सबै लगानीकर्ताहरुले गर्न थाले । सोमबार कारोबारको अन्त्यसम्ममा बजार ३५ अंकले बढेर १९६५.९६ को बिन्दुमा पुगेको थियो ।

संसद बिघटनको समाचारले नेप्से परिसूचक ९६ अंकले घटेता पनि उक्त दिनको कारोबार रकमलाई हेर्दा भने धेरै आत्तिनुपर्ने अवस्था नरहेको जानकारहरुको बुझाइ थियो । उक्त दिन नेप्सेमा ८ अरब ९५ करोडभन्दा माथिकोे कारोबार भएको थियो ।

आइतबार पहिरो गएको बजारमा मंलबार ठ्याक्कै उल्टो दृष्य देखियो । यस दिन नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ को बिन्दुमा पुगेको थियो । उक्त दिन पनि ६ अर्ब ४६ करोडभन्दा माथिको कारोबार भएको थियो । दुइदिन लगातार उकालो लागेको नेप्से अलटाइम रेकर्ड ब्रेकको बिन्दुबाट केहि टाढा मात्र थियो ।

बुधबार कारोबारको प्रारम्भबाट नै उकालो लागेको नेप्सेले अहिलेसम्मका सबै रेकर्डहरु ब्रेक गर्न सफल भयो । मंलबार कारोबार प्रारम्भ भएको करिब २ घण्टा नपुग्दै नेप्से हालसम्मकै उच्च बिन्दु २१२८.८५ मा पुगेर अलटाइम रेकर्ड ब्रेक गरेको थियो । तर नेप्सेको उचाइ केहि समय पनि टिक्न भने सकेन ।

दिनको कारोबारको अन्तिमसम्म पुग्दा नेप्सेको बृद्धिदर ७ अंकमा खुम्चिएर नेप्से २०६८.४५ को बिन्दुमा पुगेको थियो । आइतबार भारी अंकले घटेको नेप्से सोमबार,मंगलबार, र बुधबारको कारोबारबाट उकासिएको थियो तर पुनः साताको कारोबारको अन्तिम दिन बिहिबार भने नेप्से २९ अंकले घटेर २०३८.६८ को बिन्दुमा पुगेको थियो । साताको अन्तिम दिन दोहोरो अंकले घटेको नेप्से अर्को साताको पहिलो दिन आइतबार पनि ३९.९८ अंकले घटेर १९९८.६५ को बिन्दुमा पुगेको थियो ।

तर सोमबारबाट उकालो यात्रा तय गरेको नेप्सेले साताको अन्तिम दिनसम्म आइपुग्दा पनि उकालो यात्रालाइ निरन्तरता दियो । यो बिचमा नेपाल धितोपत्र बोर्डले पुष १० गते आइतबारबाट लागू हुने गरि ३३ प्रतिशतले ब्रोकर कमिशन घटाउने निर्णय गर्यो । ब्रोकर कमिसन घटाउने बोर्डको निर्णयले बजारमा सकारात्मक प्रभाव पार्ने सबैको अनुमानबिपरीत कमिसन घटाउने निर्णय कार्यन्यनको पहिलो दिनमै नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो ।

यसरी कारोबार रकम र नेप्से दुबै घट्नुमा केहि हदसम्म ब्रोकरहरुको चलखेल रहेको लगानीकर्ताहरुको अनुमान छ । आइतबार घटेको नेप्से करेक्सन भएर अगाडि बढिरहँदा कारोबार रकममा भने साताको अन्तिम दिनसम्ममा पनि खासै करेक्सन आएन ।

अघिल्ला दिनको तुलनामा कारोबार रकममा केहि बृद्धि भए पनि अघिल्ला साताहरुको तुलनामा नेप्सेको कारोबार रकम भने घटेको हो । अघिल्ला साताहरुमा दैनिक कारोबार रकम औसतमा ६ अर्ब भन्दा माथि हुने गरेकोमा यो साता भने कारोबार रकमले कुनै दिन पनि ६ अरबको बिन्दु पनि छुन सकेको भने छैन । यसरी कारोबार रकम घट्नुमा ब्रोकरहरुको चलखेल प्रमुख कारण रहेको लगानीकर्ताहरुको आरोप छ ।

संसद बिघटन भएसंगै बजार केही समय ओरालो लाग्न सक्ने धेरैको अनुमानबिपरित अहिले बजार उकालो यात्रामा हिँडिरहेको छ । बजार सधै बढ्ने वा सधै घट्ने होइन । तर समग्रमा राजनीति अस्थिरताका बीच अहिले बजार जुन बिन्दुमा पुगेको छ । त्यो अगानीकर्ताहरुको लागि एकदमै सकारात्मक पक्ष रहेको जानकारहरु बताउँछन् । आज साताको अन्तिम दिनको कारोबारमा नेप्से २५ अंकले बढेर २०८७ को बिन्दुमा पुगेको छ ।

यो साताको बारोबारमा आइतबार मात्र नेप्से घटेको थियो । सोमबारबाट उकालो यात्रा तय गरेको नेप्सेले कारोबारको अन्तिम दिनसम्ममा पनि उकालो यात्रालाई निरन्तरता दिएको हो । साताको अन्तिम दिन विहिबारको कारोबारको अन्त्यसम्म आइपुग्दा नेप्से सबैभन्दा उच्च बिन्दुमा पुगेर अडिएको छ । यसभन्दा अघि बुधबारको कारोबारमा नेप्सेले २१२८ को बिन्दु छोएको भएता पनि त्यो लामो समय टिक्न भने सकेको थिएन ।

कारोबार बन्दा हुँदा बनेका नेप्सेका अहिलेसम्मका सबै रेकर्डहरुलाइ ब्रेक गर्दै हिजो बिहिबार नेप्से सर्वाधिक उच्च बिन्दुमा पुगेको हो । पुष ५ गते संसद बिघटन भएपछिको यो दुई साताको कारोबारमा नेप्से १९३५ को बिन्दुबाट २०८७ को बिन्दुमा पुगेको छ । यो दुई साताको कारोबारमा नेप्से १५२ अंकले बढेको हो । देशमा राजनीकिक अस्थिरताले सबै क्षेत्र अलमल अवस्थामा रहेको बेला सेयर बजारले भने राम्रो मुकाम हासिल गर्न सफल भइरहेको छ । राजनीतिक अस्थिरताका बीच नेप्सेको सूचकमा आएको ७.८५ प्रतिशतको बृद्धिलाई अत्यन्तै राम्रो रहेको लगानीकर्ताहरुको बुझाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको