Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ नपरेर निराश हुनुहुन्छ ? सवैलाई पर्ने नेपाल इन्फ्रास्ट्रक्चरको आइपिओ (कम्पनीको विस्तृत जानकारी)

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १७ : ४४ मा प्रकाशित

सेयर बजारमा निष्काशन भएको आइपिओ नपरेर निराश हुनु भएको छ ? यदि हुनु भएको छ भने अब माघ २ गतेदेखि निष्काशन हुने नेपाल इन्फ्रास्ट्रक्चर बैंक आवेदन दिने लगानीकर्तालाई निराश बनाउँने छैन् । किन कि यस बैंकले निश्कासन गर्ने सेयर कित्ता  ठूलो छ ।

जसमा अहिले कुनै पनि कम्पनीको आइपिओ खुल्दा सेयर आवेदन दिने संख्या र यो बैंकले निष्काशन गर्ने सेयर कित्ताको हिसावले सवै आवेदकले राम्रो कित्ता सेयर पाउने देखिन्छ । 

अहिले सेयर बजारमा आइपिओमा करिव ११ लाख आवेदकले सेयर भर्ने गरेको छ । यो कम्पनीको आइपिओ निष्काशन हुँदा आवेदकको संख्या बढ्ने देखिन्छ ।  बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्काशन गर्न लागेको छ । 

कम्पनीको जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिसेयर रु सय अंकित दरका ८ करोड कित्ता सेयर मध्ये ०।२० प्रतिशत ले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ  ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

कति दिने आवेदन ?  
८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन हँुदा न्यूनतम ५० कित्ता देखि बढीमा ८० कित्ताको लागि आवेदन दिँदा राम्रो हुन्छ । 

कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धक को ?
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कहाँ-कहाँबाट दिने आवेदन ?

आइपिओको बारेमा अन्य जानकारीको लागि तलको विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको