नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १९औं वार्षिक साधारण आह्वान गरेको छ । बैंकको पौष २१ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ १६ गते शुक्रबार स्टार व्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ ।
त्यसैगरी, असोज १६ गते सम्पन्न भएको बैंकको १८औं वार्षिक साधरण सभाबाट पारित तत्काल समयमा कायम चुक्तापूँजी ६ करोड ५६ लाख रुपैयाँको १ बराबर १ हकप्रद सेयर जारी गर्न नेपाल धितिपत्रबात स्वीकृत भइ हकप्रद जारी गर्ने प्रक्रियामा रहेकोले उक्त हकप्रद निष्काश तथा बाँडफाँड पश्चात कायम हुन आउने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार रुपैयाँमा १ बराबर २ अनुपातमा हकप्रद सेयर जारी गरी ३९ करोड ३७ लाख पुर्याउने, तदनुरूप कम्पनीको प्रवान्धपत्र, नियमावलीमा जारी र चुक्ता पूँजी संसोधन गर्ने निर्णयलाई अनुम्प्दन गरिनेछ ।
त्यसैगरी, बैंकले वार्षिक साधारण सभा प्रयोजनको लागि पौष २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पौष २८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
बैंकले प्रकाशन गरेको सुचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस