Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

बुधबार, २२ पुस २०७७, ०८ : १६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंककाे १३ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता ४७८ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे  ३४औं वार्षिक साधारण सभा माघ ८ गते, बिहीबार हुँदैछ ।

सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ५.५०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको