Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक आज हुँदै, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

बुधबार, २२ पुस २०७७, ०८ : २४ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक आज हुँदै, के-के छन् पारित हुने एजेण्डा ?

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साताैँ वार्षिक साधारण सभा आज (पौष २२ गते, बुधबार) हुँदैछ ।

कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा - २, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, पुस २ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको