Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावर डेभलपमेन्टको वार्षिक सभा आज

अर्थ संसार

बुधबार, २२ पुस २०७७, ०८ : २८ मा प्रकाशित

सिनर्जी पावर डेभलपमेन्टको वार्षिक सभा आज

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सयुक्त वार्षिक साधारण सभा आज हुँदैछ  ।

कम्पनीकाे १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिनेछ । 

सभामा कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई  ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पुस १२ गतेदेखि बुकक्लोज गरेकाे छ । त्यसैले, पुस ९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको