Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १५ : ०८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको  छ  । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक१३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ  । नेप्से ०.६०  प्रतिशले बढेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ४.४५अंकले बढेर ४१८.१४ अंकमा पुगेको छ ।

कुल २ सय 5 वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी २ उपसमुहको सेयर घटेको छ । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २१ करोड ३३ लाख ८६  हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

आजको सेयर तालिका हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको